Monday, July 16, 2012

मेरो खाजा समयको मन


     शुरु त गर्ने तर कहाँबाट। यसो एकछिन सोचे के को बारेमा लेखुँ भनेर । अनि विचार आयो खाजा खानजाने ठाँउको । यसो सम्झिए खाजा ल्याइदिने फुच्चे भाइ के छ सर ? भन्दै आउथ्यो त्यसपछि त्यसको बारेमा जान्ने केही इच्छा लाग्यो र सोधेँ तिम्रो घर कहाँ हो भाइ?” खोपासी हो भन्यो । खोपासी काभ्रे जिल्लामा पर्ने एउटा ठाउँ हो । खोपासी कहाँ? अझ जान्ने इच्छाका साथ मैले सोधेँ खोपासीबाट तीन घण्टा जति हिड्नु पर्छ भन्यो । होटेल साउजीको घर पनि खोपासी रहेछ, उसैले ल्याएको रहेछ । साउनीलाई सोधे यो स्कूल जादैन? अनि साउनीले जा भनेको मान्दैन भनी । अहिलेको आधुनिक युगमा विचरा ९/१० वर्षको वच्चा मोवाईल खेलाउन पाउँदा खुसी पर्छ । अस्ति मेरो Ipod चलाउन पाउँदा खुसी भयो । मैले केहि गफ अथवा कुरा गरे भने साउनी भन्छिन् कामको वेला नअल्मल्याउनुस्।
    वालवालिकालाई काममा लगाउनुलाई वालश्रम भनिन्छ । यस्तो वालकलाई कामलाई लगाउने नेपालमा धेरै छन्। किन यस्तो अवस्था छ । त्यो पसल त राम्रो चल्छ । त्यहा पनि आउलान् नि त वालश्रमका विरुद्ध हिडेका मानिसहरु चिया खान, खाजा खान तर किन मतलब गर्दैनन् त ? पढ्ने मन त रहेछ विचराको तर के गर्नु वावु कमाएको पैसा रक्सी खाएर सिध्याउने आमा अनि छोराले घर धान्नु पर्ने ।
     म एउटा मध्यम वर्गोय सरकारी जागिरे । जागिरको सिलसिलमा म धनकुटा पुगेको थिए र त्यहाँ पनि एउटा होटेलमा खाजा  खान पुगियो अनि देखेँ विचरा एउटा गाउँबाट ९/१० वर्षको फुच्चेलाई पढाइदिन्छु भनेर ल्याएर काममा जोताउदा रहेछन् । यो देख्दा निकै दु:ख लाग्यो । यस्तो हुनुको एउटा कारण गरिबी पनि हो । गरिबी निवारण गर्ने भनेर वर्षौ योजना बन्छन् । बजेट बिनियोजन गरिन्छ फेरि किन यस्तो हुन्छ ? बालबालिका त देशका कर्णधार हुन् । यिनीहरुको राम्रो हेर बिचार गर्नु पर्दछ । हाम्रो ठाउँबाट गर्न सक्ने केही काम गरौ न ? हुँदैन र ? 

Thursday, July 5, 2012

जय गुरु देव:


गुर्रु ब्रम्हा गुरु विष्णु
गुर्रु देव महेश्वर।ऽ
गुर्रु साक्षात पर
ब्रम्ह तस्मै श्री गुरुवे नम।ऽ।:
गुरु पूर्णिमा गुरुको पूजा आजा अर्थात गुरुको सम्झनामा मनाइने दिन । मैले नि मेरो गुरुको दर्शन गर्न गए । पहिला मलाई गुरुको अर्थ थाहा थिएन । यहाँ त विद्यालयमा पढाउने पनि गुरु, गाडि चलाउने पनि गुरु, मन्दिरमा पुजारि पनि गुरु, पण्डित पनि गुरु वास्तवमा गुरु चाहिँ को हो त ?
गुरु भन्ने शब्द संस्कृतबाट आएको हो जसको अर्थ गु-भन्नाले अन्धकार र रु-भन्नाले त्यो अन्धकार हटाउने व्यक्तिलाई भनिन्छ। जसले हामीलाई सत्मार्गमा हिड्न प्रोत्साहन गर्छ ।
प्राचीनकालमा वर्तमान गर्दा जुन व्यक्तिले हामीलाई मन्त्र प्रधान गर्दछ त्यही व्यक्तिलाई गुरु भन्ने गरिन्छ र आज पनि त्यो कायमै छ ।
जय गुरु देव:

Monday, August 30, 2010

चिरिएको छातीमा टुक्रिएको मुटु..........

रंगीन काँच झैँ सुन्दर लाग्ने सपना
बिउँझिदा टुक्रा टुक्रा भए ।
बसन्तको हरियालीमा पलाएका मुना
तुषारोमा बिचलित भए ।।

अन्जान यात्रामा लामो दुरि पार गर्दै
विफल यात्री भए ।
घात-प्रतिघातबाट ज्वाला सगैँ निरश भए
अनि विष पिएँ ।।

अबोध अनि निश्चल मुस्कान भित्र
अनायासै छुरा चलेछ ।
चिरिएको छाती त छदैँ थियो
झन् मुटु त विक्षिप्त भएर फुटेछ ।।

घायल परेको आभास त हुँदै थियो
फेरि विक्षिप्त मुटुमा काँच रोपिएछ ।
काँचको महलमा स्वर्णिम सपना देख्दा
त्यही काँच टुक्रा टुक्रा भएछ ।।

शिशिरको सिरेटोले छाती भरि
छिया-छिया बनाइदिएछ ।
मिहिनकण कपासझैँ लाग्ने भए पनि
त्यही कणले छातीभरि चोट बनाईदिएछ ।।

फुल भित्र फूल्ने भावनालाई
काडैकाडाले पनि लथालिन्ग पारिदिएछ।
काँचको महलमा स्वर्णिम सपना देख्दा
त्यही काँच फुटेर टुक्रा टुक्रा भएछ।।

Thursday, August 26, 2010

शिक्षित हुनुको अर्थ फैसला सही हुन्छ भन्ने होईन

EDUCATION DOES NOT MEAN GOOD JUDGEMENT

बाटोको छेउमा सिंगडा बेच्ने एउटा मान्छेको कथा

ऊ अशिक्षित भएको हुदाँ कहिले पनि पत्रिका पढ्दैनथ्यो । मुस्किल ले कान सुन्ने भएकाले रेडियो पनि सुन्दैनथ्यो । आखाँ कमजोर भएकाले टि.भि पनि हेर्दैनथ्यो । उसको बिक्रि र नाफा पनि ब्रिध्दि भैरहेको थियो । उसले धेरै सामान र राम्रो चुलो किन्यो । उसको व्यापार फस्टाईरहेको बेला भर्खर स्नातक पास गरेको उसको छोराले उसलाई सघाउन थाल्यो ।

त्यसबेला अनौठो घटना घट्यो । छोराले आफ्नो बुवालाई सोध्यो, "बुवा के तपाईलाई व्यापारमा आउँदै गरेको मन्दिको बारेमा थाहा छ?" बुवाले भने, "अहँ यस बारे मलाई सुनाउ ।" छोराले फेरि भन्यो, "अन्तराष्ट्रिय अबस्था खराब छ र राष्ट्रको अबस्था त झन् खराब छ । हामी आउन लागेको खराब दिनको लागि तयार रहनुपर्छ ।" बुवाले सोच्यो , उसको छोराले क्याम्पस पास गरिसकेको छ, अखबार पनि पढ्छ, रेडियो सुन्छ, टि.भि पनि हेर्छ त्यसैले उसलाई सबै जानकारि छ, उसको सल्लाहलाई हलुका ढंगले लिनु हुँदैन । त्यसैले अर्को दिन उसले सिंगडाको कच्चा सामान कम माग गर्यो, पसलमा ग्राहकहरु पनि कम आउन थाले । उसको बिक्रि पनि घट्यो तब बुबाले छोरालाई भन्यो, "तिमी ठिक थियौँ, हामी मन्दिबाट गुज्रिरहेका थियौँ । तिमीले मलाई समय अगाडिनै सचेत बताएकोमा म खुसी छु ।"

Was Reading this story and thought that if he had order the raw materials more he would get more profit and more customers. Some times education is not only good for business.

Wednesday, August 25, 2010

तिमी आउँछौ भन्ने मलाई पुरा विश्वास थियो ।

दुईजना स्कूल पढ्दाका साथी सुरेश र रमेशको एउटा कथा छ । उनीहरुले सँगै स्कूल, कलेजको पढाई सके र दुबैजना सेमामा भर्ती भए । युध्दको बेलामा दुबैजना एउटै क्याम्पमा काम गरिरहेका थिए । एक रात उनीहरु एम्बुसमा परे । गोलीका छर्राहरु छुट्न थाले । त्यही बेला कोही बोलेको सुनियो "सुरेश मलाई बचाउ ।" सुरेशले आफ्नो साथी रमेशको आवाज चिनिहाल्यो । उसले क्याप्टेनसँग रमेशलाई बचाउन जाने अनुमति माग्यो । तर क्याप्टेनले अनुमति दिएनन् । क्यापटेनले भने, " जवानहरु घटिसके। यस्तो अबस्थामा म तिमीलाई गुमाउन चाहान्न । त्यस माथि पनि रमेशको आवाज सुन्दा अब उ बाच्ला जस्तो लाग्दैन ।" क्याप्टेनको कुरा सुनेर सुरेश चुपचाप लाग्यो । रमेशले फेरि सहयोगको याचना गर्यो । पहिला नै क्याप्टेनले अस्वीकार गरिसकेकाले सुरेश चुपचाप बसिरह्यो । रमेश भने सहयोगका लागि कराइरह्यो । सुरेशले सहन सकेन र क्याप्टेनलाई भन्यो, "क्याप्टेन, रमेश मेरो सानैदेखीको साथी हो । मैले उसलाई सहयोग गर्नु पर्छ । " क्याप्टेनलाई ईच्छा नहुँदा नहुँदै पनि सुरेशलाई रमेशको उध्दार गर्न जान दियो । सुरेश घिस्रिँदै घिस्रिँदै रमेश भए ठाउँ सम्म पुग्यो र रमेशलाई बल्ल बल्ल आफ्नो टेन्ट सम्म ल्यायो । तर त्यतिन्जेल सम्म रमेशको निधन भैसकेको थियो । क्याप्टेन चिच्यायो-" मैले तिमीलाई भनेको होईन ऊ बाच्ने अबस्थामा छैन भनेर । उसलाई बचाउन जाँदा तिमी पनि मर्न सक्थ्यौँ । तिमीले ठूलो गल्ती गर्यौ ।" सुरेशले भन्यो-" क्याप्टेन मैले सहि काम गरेँ । जब म उसकहाँ पुगेँ उ जीवितै थियो उसको अन्तिम वाक्य थियो-'सुरेश तिमी आउछौ भन्ने मलाई पूरा विश्वास थियो ।"

हामीलाई प्राय : भनिन्छ आफ्ना सपनाहरु त्यागीदेउ । तर अरुका लागि आफ्ना सपना त्यागेर हामी बाँच्न सक्दैनौँ । जसले त्यस्तो गर्छ ती बेकम्मा मानिस हुन् । हामीले आफ्नो घर परिवार, साथी सँगतीहरुको लागि व्यक्तिगत त्याग गर्नु पर्छ । हामीमा निर्भर भएकाहु प्रति हामीले समर्पण गर्न सक्नुपर्छ ।

यो पढ्दा साँच्चै लाग्यो हो नै । यो कथा मैले जित तपाईको भन्ने किताब बाट पढेर यहाँ पोस्ट गरेको हुँ ।