Monday, July 16, 2012

मेरो खाजा समयको मन


     शुरु त गर्ने तर कहाँबाट। यसो एकछिन सोचे के को बारेमा लेखुँ भनेर । अनि विचार आयो खाजा खानजाने ठाँउको । यसो सम्झिए खाजा ल्याइदिने फुच्चे भाइ के छ सर ? भन्दै आउथ्यो त्यसपछि त्यसको बारेमा जान्ने केही इच्छा लाग्यो र सोधेँ तिम्रो घर कहाँ हो भाइ?” खोपासी हो भन्यो । खोपासी काभ्रे जिल्लामा पर्ने एउटा ठाउँ हो । खोपासी कहाँ? अझ जान्ने इच्छाका साथ मैले सोधेँ खोपासीबाट तीन घण्टा जति हिड्नु पर्छ भन्यो । होटेल साउजीको घर पनि खोपासी रहेछ, उसैले ल्याएको रहेछ । साउनीलाई सोधे यो स्कूल जादैन? अनि साउनीले जा भनेको मान्दैन भनी । अहिलेको आधुनिक युगमा विचरा ९/१० वर्षको वच्चा मोवाईल खेलाउन पाउँदा खुसी पर्छ । अस्ति मेरो Ipod चलाउन पाउँदा खुसी भयो । मैले केहि गफ अथवा कुरा गरे भने साउनी भन्छिन् कामको वेला नअल्मल्याउनुस्।
    वालवालिकालाई काममा लगाउनुलाई वालश्रम भनिन्छ । यस्तो वालकलाई कामलाई लगाउने नेपालमा धेरै छन्। किन यस्तो अवस्था छ । त्यो पसल त राम्रो चल्छ । त्यहा पनि आउलान् नि त वालश्रमका विरुद्ध हिडेका मानिसहरु चिया खान, खाजा खान तर किन मतलब गर्दैनन् त ? पढ्ने मन त रहेछ विचराको तर के गर्नु वावु कमाएको पैसा रक्सी खाएर सिध्याउने आमा अनि छोराले घर धान्नु पर्ने ।
     म एउटा मध्यम वर्गोय सरकारी जागिरे । जागिरको सिलसिलमा म धनकुटा पुगेको थिए र त्यहाँ पनि एउटा होटेलमा खाजा  खान पुगियो अनि देखेँ विचरा एउटा गाउँबाट ९/१० वर्षको फुच्चेलाई पढाइदिन्छु भनेर ल्याएर काममा जोताउदा रहेछन् । यो देख्दा निकै दु:ख लाग्यो । यस्तो हुनुको एउटा कारण गरिबी पनि हो । गरिबी निवारण गर्ने भनेर वर्षौ योजना बन्छन् । बजेट बिनियोजन गरिन्छ फेरि किन यस्तो हुन्छ ? बालबालिका त देशका कर्णधार हुन् । यिनीहरुको राम्रो हेर बिचार गर्नु पर्दछ । हाम्रो ठाउँबाट गर्न सक्ने केही काम गरौ न ? हुँदैन र ? 

Thursday, July 5, 2012

जय गुरु देव:


गुर्रु ब्रम्हा गुरु विष्णु
गुर्रु देव महेश्वर।ऽ
गुर्रु साक्षात पर
ब्रम्ह तस्मै श्री गुरुवे नम।ऽ।:
गुरु पूर्णिमा गुरुको पूजा आजा अर्थात गुरुको सम्झनामा मनाइने दिन । मैले नि मेरो गुरुको दर्शन गर्न गए । पहिला मलाई गुरुको अर्थ थाहा थिएन । यहाँ त विद्यालयमा पढाउने पनि गुरु, गाडि चलाउने पनि गुरु, मन्दिरमा पुजारि पनि गुरु, पण्डित पनि गुरु वास्तवमा गुरु चाहिँ को हो त ?
गुरु भन्ने शब्द संस्कृतबाट आएको हो जसको अर्थ गु-भन्नाले अन्धकार र रु-भन्नाले त्यो अन्धकार हटाउने व्यक्तिलाई भनिन्छ। जसले हामीलाई सत्मार्गमा हिड्न प्रोत्साहन गर्छ ।
प्राचीनकालमा वर्तमान गर्दा जुन व्यक्तिले हामीलाई मन्त्र प्रधान गर्दछ त्यही व्यक्तिलाई गुरु भन्ने गरिन्छ र आज पनि त्यो कायमै छ ।
जय गुरु देव: